तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो । 

मन्त्री डा.राणाले आज दिउँसो काठमाडौँको कालीमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिनुभएको हो । 

परराष्ट्र सेवामा रहनुभएकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो । उहाँ नेपालको प्रथम महिला राजदूत हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button