खेलकुदका सबै गतिविधि रोक्ने राखेपको निर्णय
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एकै विषयमा दोस्रो पटक निर्णय लिएको छ । विश्व भर कोरोना भाइरसका कारण परेको असरलाई मध्यनजगर गर्दै राखेपले सबै गतिविधि रोक्न मंगलबार निर्णय गरेको छ ।
गत महिना राखेपकै प्रशासन प्रमुख कुलबहादुर थापाले खेलकुद गतिविधि रोक्न सुचना जारी गर्नुभएको थियो ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काल एक साताका लागि खेलकुदका सबै गतिविधि रोक्ने निर्णय गरेको राखेपद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विश्वका ठूलो राज्यले पनि कोरानाका विषयमा सचेतना अपनाईरहेको अवस्थालाई मध्यनजर गर्दै राखेपले जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएकाले यस्तो निर्णय लिएको बताएको छ ।
यसअघि फागुन २२ गते राखेपका प्रशासन प्रमुख थापाले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सुचना जारी गरेका थिए ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा फागुन २२ गते बसेको आपतकालिन बैठकले विश्वमा फैलदै गएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र खेलकुदसँग सम्बन्धित सबै कार्यक्रम अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गर्न विज्ञप्तिमार्फत सुचना जारी गरिएको थिायो ।
खेलकुदको अधिकांश गतिविधि स्थगित भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने बी डिभिजन लिग सञ्चालन गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्