मोटरसाइकल दुर्घटनामा जनस्वास्थ्य निरीक्षकको मृत्यु
बाजुरा । मोटरसाइकल दुर्घटनाबाट बाजुराको बडिमालिका नगरपालिका–७ का जनस्वास्थ्य निरीक्षक धर्म बहादुर खत्रीको धनगढीमा मृत्यु भएको छ ।

मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत ३० वर्षीय खत्री सवार मोटरसाइकललाई धनगढीको चटकपुर नजिकै विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनुभएका खत्रीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कवीन्द्रसिंह बोहोराले बताउनुभयो ।
बडिमालिका नगरपालिका ७ स्थित मार्तडी स्वास्थ्य चौकी चुथिमा कार्यरत खत्री ७ वर्ष अगाडी सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ स्वास्थ्यसम्बन्धी तालिमका लागि यही पुस ६ गते बाजुराबाट धनगढी जानुभएको थियो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्