चन्द्रावती माविले ६१ औँ वार्षिकोत्सव मनाउने तयारी
तनहुँ I तनहुँको भानु नगरपालिका ७ चुँदी टुहुरे पसलस्थित चन्द्रावती उच्च माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ ।
विद्यालयले आफ्नो ६१ औँ स्थापना दिवस यही पुष ६ गते विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो ।
तनहुँ जिल्लाको दोस्रो हाइस्कूलका रुपमा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका २०४५ सालमा १० कक्षा ब्याचका विद्यार्थीहरूले विद्यालयको शैक्षिकस्तर वृद्धि र सुधारका लागि १ लाख रुपैयाँ बराबरको प्रोजेक्टर र शैक्षिक सामग्री प्रदान गर्न लागेको पूर्व विद्यार्थी समिर पण्डितले जनाकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा २०४५ सालमा १० कक्षा ब्याचका पूर्व विद्यार्थीका तर्फबाट दुई लाख रुपैयाँ बराबरको जुनियर रेडक्रस प्राथमिक स्वास्थ्य अक्षय कोष समेत स्थापना गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्