पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ५३.०५ प्रतिशत मत खस्यो
रुकुम पूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ५३.०५ प्रतिशत मत खसेको छ ।
आइतबार भएको निर्वाचनमा यस गाउँपालिकाको १४ वटा वडाको २२ वटा मतदान केन्द्रबाट कुल मतदाताको ५३.०५ प्रतिशत मत खसेको हो ।
११ हजार १ सय ८० जना मतदाता रहेकोमा ३ हजार ९६ महिला र २ हजार ८ सय ३५ पुरुष गरी जम्मा ५ हजार ९ सय ३१ जनाले मतदान गर्नुभएको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदको लागि निर्वाचन भएको हो । जसमा नेकपा माओवादी केन्द्रबाट नरपुरा बुढा पुन उम्मेदवार हुनुहुन्छ भने एमाले–काँग्रेसका संयुक्त उम्मेदवार केशकुमारी तुलाचन हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्