दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु
दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ ।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिपरले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै विरोध गरेका छन् । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्