गोरखा नगरपालिकामा ६१.७१ प्रतिशत मत खस्यो
गोरखा । गोरखा नगरपालिका ५ मा आज भएको मतदानमा ६१.७१ प्रतिशत मत खसेको छ । वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा २२२५ मतदातामध्ये १३७३ अर्थात् ६१ दशमलव ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो ।
गोरखकाली आधारभूत विद्यालय मतदान केन्द्रमा ४५८, शिवशक्ति आधारभूत विद्यालय क केन्द्रमा ४६९ र ख केन्द्रमा ४४६ मत खसेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले थप जानकारी दिनुभयो ।
मत गणनाको तयारी वडा नम्बर ५ को कार्यालयमा भएको छ । आज राती १२ बजेसम्म नतिजा सार्वजनिक हुने सक्ने मुख्य निर्वाचन अधिकृत रानाभाटले बताउनुभयो ।
यस वडामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी दल रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्