तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा उपनिर्वाचनको तयारी पुरा

कञ्चनपुर । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ  ।

Exif_JPEG_420

वडाध्यक्ष पदका लागि भोली हुँदै गरेको उपनिर्वाचनका लागि मतदान हुने केन्द्र रहेको शान्ति मा वि मा बुथ व्यवस्थापन कार्य सम्पन्न भएको छ । उक्त केन्द्रमा ६ वटा उपकेन्द्र रहेका छन् । उक्त वडामा ५ हजार ४ सय ३४ मतदाता रहेका छन् ।

Exif_JPEG_420


निर्वाचनको सम्पूर्ण तयारी भएकोले भोलि बिहान ठिक सात बजेबाट मतदान कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बत्ताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button