तपाईँ सुन्दै हुनुहुन्छः

नदी किनारामा बेवारिसे शव फेला

बागलुङ । कालिगण्डकी किनारामा सढेको अवस्थामा शव फेला परेको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौर टाकुरी स्थित कालिगण्डकी नदी किनारामा अन्दाजी ३२ बर्षको एक पुरुषको वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पहिचान खुल्न नसकेको पुरुषको ५–६ दिन पहिले मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

उक्त शवको मुचुल्का तयार पारी पोष्ट मार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले शवको पहिचान खुलाउनका लागि संभावित प्रहरी विटहरुलाई जानकारी गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button