तपाईँ सुन्दै हुनुहुन्छः

अराजकताका विरुद्ध आज एमालेको जागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपराह्न साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको हो ।

सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तालिका छ ।

समाजमा बढ्दो अराजकताकाविरुद्ध खबरदारी गर्न र सरकारका कामहरू जनस्तरसम्म पु¥याउन जागरण सभाको आयोजना गरिएको एमालेले जनाएको छ ।

सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौँसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ ।

राजधानीमा एमालेको सभासहित सहकारीपीडितकोसमेत प्रदर्शनसमेत हुने भएपछि सुरक्षा व्यवस्था बलियो पारिएको प्रहरीले जनाएको छ । सवारी चाप व्यवस्थापन गर्न पनि आवश्यक योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button