तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस बुलेटको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । चितवनमा ग्याँस बुलेटको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा ग्याँस बुलेट ठक्कर दिँदा अन्दाजी ६० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो १२ः२५ बजे भारतबाट बनेपा जाँदै गरेको एनएल ०१ एन २०८० नम्बरको भारतीय ग्याँस बुलेटले महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि स्थानीयले बाटो अवरुद्ध पारेर घटनाको विरोध गरेको थिए । प्रहरीले घटनास्थलबाट बुलेट चालक भारतको बिहार प्रदेश बेगुसराय पपरोर मन्सिपालिर ८ निवासी ६२ वर्षीया मोहम्मद मतिनलाई नियन्त्रणमा लिएको छ । महिलाको हालसम्म परिचय खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button