तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारद्वारा सय दिनका उपलब्धिहरू सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा उपलब्धिहरू सार्वजनिक गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा सरकारले गरेका कामहरूको विवरण प्रस्तुत गरियो ।

प्रदेश सरकारले प्रमुख उपलब्धिका रूपमा तीन वटा नयाँ ऐन जारी गरेको, दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याएको र भौतिक पूर्वाधार विकासमा केही प्रगति गरेको जनाएको छ । 

मुख्यमन्त्री लामाले कर्मचारी अभावका कारण कार्यसम्पादनमा चुनौती रहेको स्वीकार गर्दै विपद् व्यवस्थापनमा कानुनी जटिलताले समेत काम गर्न कठिन भएको बताउनुभयो । 

सरकारका अन्य उपलब्धिमा संवैधानिक नियुक्ति, रुग्ण आयोजनाको पहिचान, खानेपानी कार्यालय स्थापना र विद्युतीय चालक अनुमतिपत्र प्रणालीको विकास रहेका छन् । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पनि विपद्को समयमा आफ्ना मन्त्रालयले गरेका कामहरूको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button