तपाईँ सुन्दै हुनुहुन्छः

पाटेबाघको आक्रमणमा परी मृत्यु भएका व्यक्तीको छोरालाई पालिकाद्वारा राहत प्रदान

बाँके । पाटेबाघको आक्रमणमा परी मृत्यु भएका व्यक्तीको परिवारलाई बैजनाथ स्थानीय सरकारले राहत उपलब्ध गराएको छ ।

बाघको आक्रमणबाट बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी मनिषा रोकायको केही महिना अघि मृत्यु भएको थियो । मृतक मनीषाका छोरा अवि रोकायको उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

राहत स्वरूप उनलाई ३० हजार रुपैयाँ उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले नगद हस्तान्तरण गर्नु भयो । गाउँपालिका अध्यक्ष शाहीले उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम प्रदान गरिएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button