तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सांसद दीपक मनाङे कारागार चलान

काठमाडौँ । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे भन्ने राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन् ।

काठमाडौँको सानो भर्‍याङबाट आज पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेपछि मनाङेलाई केन्द्रीय कारागार चलान पठाएको हो ।

सर्वोच्च अदालतले कात्तिक २० गते उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button