तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्राविधिक विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबिच पारस्परिक सम्बन्ध र सहयोग आदानप्रदान गर्ने बारे छलफल

रुपन्देही । लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयपछि पारस्परिक सम्बन्ध तथा सहयोग आदान प्रदान गर्ने बारे प्रक्रिया अघि बढेको छ । 

चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रहनु भएका मुख्यमन्त्री आचार्य सँग मङ्गलवार विश्व बौद्ध संस्कृति आदान प्रदान युनियनका उपाध्यक्ष चेन होङ्ग क्वानी र सिचुआन विश्वविद्यालयका नेपाल अध्ययन विभागका निर्देशक ह्वाङ चोङले शिष्टाचार भेट गर्नु भएको छ ।

सो क्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबिच पारस्परिक सम्बन्ध तथा सहयोग आदानप्रदान बारे छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

‘प्रदेशको विकास सँग दक्ष प्राविधिक जनशक्ति उत्पादन देखी समग्र विकासमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित थियो’भुसालले भन्नुभयो,‘आगामी दिनहरूमा सहयोग र समन्वयको निरन्तरता बारेमा पनि कुराहरू भएका छन् ।’ भेटको क्रममा प्रदेशको समग्र विकास, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, लुम्बिनीमा हुन गइरहेको चौथो एसियाली बौद्ध सम्मेलन र त्यही समयमा लुम्बिनी लगानी सम्मेलनको बारेमा समेत कुराकानी भएको थियो । भेटपछि मुख्यमन्त्री आचार्यले प्रदेशको तर्फबाट मायाँको चिनो स्वरूप ढाका टोपी र पानस प्रदान गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button