तपाईँ सुन्दै हुनुहुन्छः

प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ I स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ६० निर्धारण भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button