तपाईँ सुन्दै हुनुहुन्छः

बारामा चित्रगुप्त महराजको पूजा  सम्पन्न

बारा । बाराको विभिन्न ठाउँमा चित्रगुप्त महराजको पूजा  सम्पन भएको छ ।

पचरौता नगरपालिका वडा नं.९ टोल कुडवामा क्यास्थ जातीहरूको देउता चित्रगुप्त महराजको पूजा  सम्पन भएको  हो । यो पूजा क्यास्थ जातीहरूको संस्था चित्रांस समिति सिम्रौनगढको आयोजनामा भएको आयोजक संस्थाका अध्यक्ष श्री नारायणलाल कर्णले जानकारी दिनुभयो । संस्थाको अध्यक्ष  कर्णको अध्यक्षतामा भएको पूजामा कास्यस्थ जातिको महिला र पुरुषको भारी मात्रामा सहभागिता रहेको थियो ।

पूजामा सहभागी सबैले सुख ,शान्ति र समृद्धिको  कामना गर्दै सामाजिक सद्भावको लागि जोड दिनुभएको थियो । योगेन्द्रलाल कर्ण र अनन्त लाल कर्णले सहजिकरण गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य जयप्रकाश लाल कर्णले ब्यक्त गर्नु भएको थियो । त्यस्तै  जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ स्थित छठिमाई मन्दिर प्राङ्गणमा आज चित्रगुप्त भगवानको पूजा सम्पन्न भएको छ।

चित्रगुप्त भगवानलाई न्याय र लेखा–जोखाको देवता मानिन्छ र हिन्दू धर्मावलम्बीहरूले विशेषगरी दीपावली पर्वको समापनसँगै उहाँको पूजा गर्ने परम्परा छ। समारोहमा भक्तजनहरूले भगवान् चित्रगुप्तको पूजा आराधना गर्दै आफ्ना पाप–पुण्यको हिसाब किताब गर्ने परम्परालाई निरन्तरता दिएका थिए। पूजापछि प्रसाद वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button