सप्तरीमा आज देखि राजविराज महोत्सव सुरु
सप्तरी । सप्तरीको सदरमुकाम राजविराजस्थित दशरथ रंगशाला खेल मैदानमा आज देखि राजविराज महोत्सव-२०८१ सुरु भएको छ ।
राजविराज नगरपालिकाको सहकार्य तथा ग्रिन नेपालको सह-आयोजनामा हुन लागेको उक्त मेला कात्तिक २५ गतेसम्म चल्ने मेला मुल समारोह समितिको संयोजक चितरञ्जन यादवले जानकारी दिनुभयो ।
मेलमा ४० वटा स्टल, मिथिला पेन्टिङस, कृषि उपकरण, कृषि सामग्री रहने यादवले बताउनुभयो । उहाँले स्थानीय उत्पादनको लागि १० वटा स्टल निःशुल्क व्यवस्था गरिएको जानकारी दिनुभयो ।
मेलामा विभिन्न किसिमको स्थानीय साँस्कृतिक प्रदर्शनी कार्यक्रमहरू गरिने आयोजकले जनाएको छ । मेलामा प्रवेश शुल्क पचास रुपैयाँ लाग्ने तर पाँच वर्षसम्मको बालबालिका, ज्येष्ठ नागरिकको लागि प्रवेश निःशुल्क गरिएको बताइएको छ ।
स्थानीय खेलाडीलाई पचास प्रतिशत र विद्यार्थीलाई तिस प्रतिशत छुटको व्यवस्था रहेको संयोजक यादवले बताउनुभयो ।
मेला व्यवस्थापनको लागि ६० जना स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । मेलाको निगरानीको लागि फिल्डमा पन्ध्र वटा सिसिटिभी जडान समेत गरिएको छ ।
मेलामा साठी लाख रुपैयाँ खर्चको अनुमान गरिएको आयोजकको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्