प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोवार शुरु

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर बिहिबारदेखि एकीकृत कारोवार शुरु गरेको छ ।
गत असारमा भएको सम्झौता बमोजिम प्राइम कमर्सियल बैंकले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बताउनुभयोे ।
कैलाशको प्राप्तिपश्चात् प्राइम कमर्सियल बैंकको कूल चुक्ता पूँजी १३ अर्ब ९७ करोड रुपैयां पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्