वायु गुणस्तर सुधार लागि कार्यविधि बनाउँदै चाँगुनारायण नगरपालिका
भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिका वायु गुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो नगरपालिका रहेको बताउनुभएको छ ।
नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले वायु गुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने पहिलो नगर रहेको बताउनुभयो ।
भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेको नगर प्रमुख खत्रीले बताउनुभयो । नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरिएको बताउनुभयो ।
सडक सञ्जाल र यातायात सुविधाको व्यवस्थापन र संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत गर्न ताकेता भइरहेको उहाँको भनाइ छ ।
अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहे पनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्