उपचार गर्न आठ लाख सहयोग
बागलुङ। गलकोट नगरपालिका–१ दुदिलाभाटी घर भई हाल जापानमा कार्यरत गर्नुहुने श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ । मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघनकक्षमा उपचाररत हुनुहुन्छ । समाजका पदाधिकारी र जापानमा रहेका नेपालीहरुबाट सहयोग जुटाई मङ्गलबार गैरेलाई हस्तान्तरण गरिएको हो ।
अर्थाभावका कारण उपचारमा समस्या आउने देखिएपछि सहयोग सङ्कलन गरिएको समाजका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उपचार खर्चिलो हुँदै गएपछि सहयोगको याचना गर्नुपरेको गैरेकी श्रीमती पवित्राले बताउनुभयो ।जापानमा रहेका नेपालीले ‘श्याम शर्मा गैरे बचाउ’ अभियान नै चलाएर रकम जुटाएका हुन् । गलकोट नगरपालिका–४ देखि अध्ययन र रोजगारीमा जापान पुगेकाहरुले स्थापना गरेको सो समाज सामाजिक सेवाका काममा क्रियाशील छ ।








प्रतिक्रिया राख्नुहोस्