आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा खेलको १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा पनि सोहि लयलाई निरन्तरता दिँदै दुई गोल थप्यो ।
७० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । ७५ औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई खेलमा ३–० ले अघि बढाए ।
जितसँगै अब आर्मीले फाइनलमा पुग्न मनाङ मर्स्याङ्दीसँग बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब खेल्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्