तपाईँ सुन्दै हुनुहुन्छः

दशैं टिकाको दिन पोखरामा ४ हजार बढीद्वारा निःशुल्क बस सेवा प्रयोग 

पोखरा । नेपालीहरूको महान् पर्व बडा दशैं टिकाको दिन(शनिबार) मा सञ्चालन गरिएको निःशुल्क बस सेवाबाट ४ हजार २ सय जना लाभान्वित हुनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय, कास्कीको संयोजनमा ४ वटा विभिन्न निजी कम्पनीको सहयोगमा तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा सञ्चालन भएको उक्त सेवाबाट ४ हजार २ जना लाभान्वित भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

दसैँको दिनमा बढी भिडभाड हुने यातायात सेवा प्रायः कम चल्ने हुँदा यात्रुको सेवालाई मध्यनजर गरी पोखरामा पहिलो पटक उक्त सेवा सञ्चालन गरिएको उहाँको भनाई थियो । 

पोखराका ७ वटा रुटमा १८ वटा बसहरूबाट निःशुल्क बस सेवा सञ्चालन भएको पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button