पोखरामा चहल पहल घट्दो, ६० हजार बढी यात्रु बाहिरिए
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ६० हजार यात्रु बाहिरिएका छन्। नेपालीहरूको महान् पर्व विजया दशमी पर्वको अवसरमा विभिन्न पेशा व्यवसाय तथा विभिन्न काम विशेषले पोखरा आएकाहरू मध्य बिहीबार दिउँसो ३ बजेसम्म करिब ६० हजार यात्रु पोखराबाट बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

पोखरामा विभिन्न नाका हुँदै लामो तथा छोटो दुरी यात्रा गर्ने उक्त सङ्ख्याका यात्रु पोखराबाट आज बिहानसम्म ५६ हजार र दिउँसोसम्म गर्दा ६० यात्रु बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले बताउनु भयो । पोखरामा विभिन्न नाकाहुदै लामो तथा छोटो दुरी यात्रा गर्ने उक्त सङ्ख्याका यात्रु पोखराबाट बाहिरिएको उहाँले जनाउनु भयो ।
अघिल्ला वर्षको तुलनामा यस बर्ष भने दसैँको अवसरमा यात्रुहरूको चाप निकै कम भएको पृथ्बीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । प्रा.लि.बाट यस बर्ष करिब ७ हजार जनाले अग्रिम टिकट बुकिङ भएको बताउँदै अध्यक्ष केसीले १५ हजार जसो यात्रु विना टिकट विभिन्न सडक तथा चोकबाट बसमा यात्रा गरेको उल्लेख गर्नु भयो ।

घटस्थापना देखि मंगलबारसम्म पोखराबाट कास्कीका छिमेकी सहित अन्य जिल्ला बाहिर २० हजार यात्रुहरू बाहिरिनु भएको थियो । पर्यटनको राजधानी पोखरामा केही ट्रान्जिट प्याइन्ट समेत भएकोले यहाँको तथ्याङ्क सङ्कलनमा केही कठिन भएको पाण्डेले बताउनु भयो ।
अघिल्ला वर्षको तुलनामा यस बर्ष दशैं पर्वको रौनक र बजारमा चहल पहल तथा यात्रुहरूको भिडभाड निकै कम भएको व्यवसायीहरूले गुनासो गर्नु भएको छ ।

पोखरामा अघिल्लो वर्षको तुलनामा यस बर्ष मुस्किलले ३५ प्रतिशत मात्र आर्थिक क्रियाकलाप भएको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्यले बताउनु भयो । दशैं तथा तिहार पछि पोखरा क्षेत्रका धेरै व्यवसायीहरू पलायन हुन सक्ने उहाँको भनाई रहेको छ । दशैं जस्तो पर्वमा पनि बजारमा किनमेल गर्नेहरुको निकै कम भिडभाड भएको बुद्धचार्यले जनाउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्