तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा शुभकामना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११०औं अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा प्रदेशवासी सम्पूर्ण महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले आज शुभकामना सन्देश जारी गर्नु हुँदै अन्र्तराष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको हो ।

यस अवसरमा सामाजिक रुपमा देखिएका बिकृति, बिसंगती तथा महिलामाथी गरिने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको अभियानमा सहभागी हुन र थप अधिकारका लागि अग्रसर रहन आग्रह गर्दछ, मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा उल्लेअख गर्नुभएको छ ।

बिभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासबाट स्थापित नेपालको संविधानले लैङ्गिक विभेद बिना राज्यका हरेक निकायमा समानुपातिक, समावेशी सिद्धान्तको अधारमा सहभागी हुने हक सुनिश्चित गरेको परिप्रेक्ष्यमा जनसंख्याको आधा भन्दा बढी भाग ओगटेको महिलाहरुले राज्यका हरेक क्षेत्रमा पुरुष सरह समान अवसर पाउनु पर्छ, उहाँल सन्दे मार्फत भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button