तपाईँ सुन्दै हुनुहुन्छः

ईभी कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

सुनसरी । सुनसरीको बर्जू गाउँपालिका–६ नरह चोक नजिक मङ्गलवार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ।

हुलाकी राजमार्गअन्तर्गत विराटनगरबाट बर्जू गाउँपालिकाको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी करिब ५० वर्षीय नेपाल प्रहरीका वरिष्ठ सई लालकुमार यादव गम्भीर घाइते हुनुभएको थियो । उहाँको  विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

मोटरसाइकलको पछाडि सवार उहाँकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते हुनुभएको छ। 

दुर्घटनापछि प्रहरीले ईभी कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी करिब ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ। चौधरी रेडियोलोजिस्ट तथा नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्ष समेत हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button