चिनियाँ रेडक्रसद्वारा एक लाख अमेरिकी डलर सहयोग
काठमाडौँ । चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।
बुधबार नेपालका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालयमार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्नुभएको छ ।
पछिल्लो समय बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सहयोगका लागि गृह मन्त्रालय मार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।
चेक हस्तान्तरणका क्रममा राजदूत सङले विपद्मा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो । उहाँले विपद्मा चिनियाँ सरकारले थप सामाग्री समेत सहयोग गर्ने बचन व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्