तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिँदै

बाँके । आइएचआरसी अस्पतालमा निःसन्तान दम्पतीको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आउने भएको छ । अस्पतालले इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) सेवासहितको उपचार केन्द्रको निर्माण सुरु गरिने जनाएको छ ।

अस्पतालका निर्देशक रमेश सिटौलाले १० करोड लागतमा आईभीएफ सेन्टरको निर्माण सुरु गरिएको बताउँदै उहाँले पछिल्लो समय दम्पतीहरूमा निःसन्तानपनको समस्या बढ्दै गएको छ । महिला र पुरुष दुवैमा निःसन्तानपनको समस्या हुनसक्ने भएकाले उनीहरूको निःसन्तानपनको कारण पहिचान तथा उपचार गर्न स्थानीय स्तरमा सेवा सुरु गर्न लागिएको बताउनुभयो ।

उहाँले यसै वर्ष अत्याधुनिक आइभीएफ ल्याबसहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्ने उद्देश्यले भारतको लखनउमा आवश्यक जनशक्तिलाई प्रशिक्षण दिने कार्य भइरहेको बताउनुभयो ।

टेष्ट ट्युब बेबी सेन्टर स्थापनाका लागि आवश्यक उपकरण ल्याउने काम सुरु भइसकेको जनाउँदै एचसीआरसी अस्पतालका प्रमुख डा. कुमारसान शाहले पश्चिम नेपालमै निःसन्तानपनको उपचारका लागि नेपालगन्जमा टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न लागिएको बताउनुभयो ।

आइएचआरसी अस्पतालमा यसअघि प्रसूति तथा स्त्री रोग सहित विशेषज्ञ सेवा सञ्चालनमा छ । स्वास्थ्य मन्त्रालयका अनुसार टिचिङ र प्रसूति गृहसहित हालसम्म १६ वटा संस्थाले आईभीएफ सेवा सञ्चालनको स्वीकृति पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button