एक भएर विपत्तिको सामना गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार, राहात र पुर्न. निमार्णको कार्यमा सम्पुर्ण नेपालीलाई एक भएर विपत्तिको सामना गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले उद्धार र राहतमा सरकारले सक्दो प्रयास गरेको भन्दै कतै कमजोरी भए त्यसलाई सच्याउनुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा मुख्यसचिव एक नारायण अर्यालले मुलुकभर आएकोले बाढी र पहिरोको कारण भएको जनधनको क्षतिबारे जानकारी गराउनुभयो । मुख्यसचिव अर्यालले असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको, २४ जना बेपत्ता र १५८ घाइते रहेको जानकारी दिनुभयो । त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।
मुख्यसचिव अर्यालले बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको, ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो । त्यस्तै राहत तथा उद्धारलाई तीव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्