‘गण्डकीमा पर्यटन’ रेडियो कार्यक्रम प्रसारण सम्बन्धि सम्झौता

पोखरा । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखरा बिच ‘गण्डकीमा पर्यटन’ कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ ।
उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख दिनेश प्रकाश आचार्यको उपस्थितिमा मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्बर बहादुर जि.सी. र रेडियो नेपाल पोखराका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद यादवले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार २५ मिनेटको ‘गण्डकीमा पर्यटन’ कार्यक्रम रेडियो नेपाल पोखराबाट हरेक शनिबार ४.०५ देखि ४.३० सम्म प्रसारण हुनेछ ।
उक्त कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराको मिडियम वेभ ६८४ किलोहर्ज, एफ.एम १०० मेघाहर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लुङकोट, १०३ मेघाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको वगनासकाली रिले स्टेसनबाट एकैसाथ प्रसारण हुनेछ ।
साथै रेडियो नेपालको अनलाइन पोर्टल मोबाइल एप, रेडियो नेपाल पोखराको फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रसारण हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्