सडक भाँसिए पछि राप्ती राजमार्ग अवरुद्ध
सल्यान । अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तरगत चोरखोला राम्री सडक खण्ड भाँसिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका स्थित राम्री नजिकै शनिबार बिहान सडक भासिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडक भाँसिदा लामो तथा छोटो दुरीका यातायातका साधन पुर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । सडक पुर्णरुपमा भाँसिएकाले केही दिन सम्म सवारी आवागमन ठप्प हुने खत्रीले बताउनु भयो । उहाँका अनुसार सडक धेरै तल बाट भासिएकाले मर्मत गर्न करिब ४∕५ दिन समय लाग्ने बताउनु भयो ।
सडक सुचारु नहुँदा सम्म ठुलो सवारी साधन ठप्प हुने बताउनु भयो । साना सवारी साधनका आवागमनका लागि भने कपुरकोट पाखापानी अन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिएपनी पानी परिरहेकाले समस्या आएको बताउनु भयो । भासिएको सडकमा मर्मतका लागि ठुलो वाल निर्माण गर्नुपर्ने देखिएको बताउनु भयो ।
यस्तै सुर्खेत सल्यान सडक अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका ८ कोटभिरमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन बिच बाटोमै रोकिएका छन् । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्