राष्ट्रिय सुरक्षा परिषद्काे वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक विशेष समारोह बीच राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले परिषद्को आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
समारोहमा राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीहरू एवं राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
राष्ट्रपति समक्ष पेश भएको परिषद्को वार्षिक प्रतिवेदन प्रधानमन्त्री मार्फत् संघीय संसदमा पेश हुने संवैधानिक व्यवस्था रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्