प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिदैंछ । यो उहाँको दोस्रो प्रत्यारोपण हो । १३ वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीले पहिलो पटक मृर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा हुनुहुनथ्यो ।
प्रधानमन्त्री ओलीको आज हुने प्रत्यारोपणका लागि सबै तयारी पूरा भएको अस्पतालले जनाएको छ ।
उहाको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ ।
शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेको छ ।
उहाँको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताउनुभएको छ ।
ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा।डा। उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार लगायत हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्