आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकपको विजेता
धनगढी । ‘ए’ डिभिजनको थ्री स्टार क्लबलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब मोफसलकै सर्वाधिक धनराशीको सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ ।
धनगढी रंगशालामा मंगलबार भएको फाइनलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै आयोजक पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । क्लब फुटबलमा सुदूरपश्चिमको यो सबैभन्दा ठुलो सफलता हो ।
आयोजकलाई च्याम्पियन बनाउन बिक्रम सिंह ठकुृरीले गरेको गोल नै निर्णायक बन्यो । थ्री स्टार भने लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्न पुग्यो । खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि थ्री स्टार फिनिसिङमा चुक्दा उपविजेतामा सीमति बन्न पुग्यो ।
थ्री स्टार अघिल्लो साता झापमा आयोजना भएको सताक्षी गोल्डकपमा पनि सान मिगेल मछिन्द्र क्लबसँग १–० ले पराजित हुदै उपविजेता नै बनेको थियो ।
यससँगै सुदूरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयमा चित्त बुझाएको छ ।








प्रतिक्रिया राख्नुहोस्