तपाईँ सुन्दै हुनुहुन्छः

पुस्तकालय सुसञ्चालनमा ल्याउनु सुनमा सुगन्ध भरेजस्तै : मुख्यमन्त्री कँडेल

सुर्खेत । कणाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालय मानव जीवनसँग गाँसिएको हुनाले यसलाई जनस्तरबाट माथि उठाउन आवश्यक रहेको बताउनुभएको छ ।
पठन संस्कृतको विकास गर्न नेकपा (एमाले) सुर्खेतले पहिलो पटक आफ्नो पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले पुस्तकालय स्थापना गर्नु उपलब्धि हो भने त्यसलाई सुसञ्चालनमा ल्याउन सक्नु सुनमा सुगन्ध भरे जस्तै हुने बताउनुभयो ।
उहाँले पुस्तकालय स्थापना र सञ्चालनमा सरकार भन्दा पनि नागरिक आफैँ सचेत हुन आवश्यक रहेको औँल्याउनुभयो ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले पछिल्लो समयमा पठन संस्कृति कम हुँदै गएकोले नेता कार्यकर्ताहरूमा अध्ययन, अनुसन्धान तथा नयाँ चिन्तनको खोजीका लागि पुस्तकालय स्थापना गरिएको बताउनु भयो ।
उहाँले करिब १० रुपैयाँ लागतमा विभिन्न बहुमूल्य पुस्तकहरू सङ्कलन गरी आजै पुस्तकालय दिवसको अवसर पारेर पुस्तकालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button