तपाईँ सुन्दै हुनुहुन्छः

शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईको निधन

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते ११ वर्षीय दिप्सनको मृत्यु भएको हो । बिहीबार दिउँसो आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।

घाइते भएलगत्तै पाँचथर अस्पताल पु¥याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पु¥याउँदा बाटोमै र दिप्सनको राती १ बजे बी एन्ड सी अस्पताल झापा पु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाल बालिका ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो । घटनास्थलमा अर्को एउटा शङ्कास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button