तपाईँ सुन्दै हुनुहुन्छः

इथानोल उत्पादन तत्काल सुरु गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेट्रोलियम  पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादनका विषयमा छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले इथानोलको मिसावट गरी पेट्रोलियम पदार्थ प्रयोग गर्दा  पेट्रोलियम पदार्थको आयात कम हुने हुँदा सरकारले जतिसक्दो चाँडै प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

खेतियोग्य जमिनमा  किसानहरूबाटै मिसावट गर्न आवश्यक पर्ने इथानोल उत्पादन गर्न सकिने हुँदा नेपालमा रोजगारी वृद्धि हुने, पेट्रोलियम पदार्थ आयत न्यून भए पनि पुग्ने बताउँदै सांसदहरुले तत्काल पाइलटका रुपमा उत्पादन सुरु गर्न सरकारसँग माग गर्नुभयो । 

बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले इथानोल उत्पादनका लागि कार्यविधि तयार भएको जानकारी दिनुभयो । 

वाणिज्य तथा आपूर्ति सचिव बुर्लाकोटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारण जोखिमपूर्ण भएकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको बैठकमा जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button