पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार एक कार्यक्रममाझ मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन् ।
कार्यक्रममा भोटिङ पार्टनरमा ई सेवासँग पनि एनएसजेएफले सम्झौता नवीकरण गरेको छ । मनोनयनमा पर्ने पाँचमध्ये एक जनालाई यही भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इसेवा र फेसबुक पेजमा खेल प्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्