ताप्लेजुङ गोल्डकप : बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा

ताप्लेजुङ । लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ ३ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापा सेमिफाइनलमा पुगेको छ ।
आज सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३—० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड फुटबल झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।
योसँगै झापाले भदौ ८ गते हुने दोस्रो सेमिफाइनलमा सिराहाको सलहेश यूथ क्लबसँग फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ ।
खेल सुरु भएको ४५ मिनेटसम्म कुनै गोल हुन सकेको थिएन । मध्यान्तर पछिको पहिलो मिनेट मै बिर्तामोडका लागि अभिषेक गुरुङले गोल गरे भने त्यसपछि क्रमशः बिर्तामोडका देवेन्द्र तामाङले ६५ औँ मिनेटमा र युसफ थपलियाले ६६ औँ मिनेटमा गोल गर्दै आर्मी क्लबलाई स्तब्ध बनायो ।
ताप्लेजुङ फुङलिङको भानुजन माविको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शुक्रवार(भोली) हुने पहिलो सेमिफाइनलमा गृहटीम सङ्घर्ष स्पोर्टिङ क्लब र मोरङको सगरमाथा यूथ क्लब आमने सामने हुँदै छन् । सङ्घर्ष स्पोर्टिङ क्लब भारत सिलगुढीको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको टोलीले हो । सलहेश पाँचथर फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
प्रतिक्रिया राख्नुहोस्