बाढीले बगाएको बाटो गाउँलेले बनाए

गोरखा । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ३ स्थित खोर्लावेशीमा बाढीले बगाएको बाटो गाउँलेहरू मिलेर बनाएका छन् । साउन १२ गतेदेखि परेको वर्षातका कारण मोटरबाटो समेत बगाएर पैदल हिँड्न नमिल्ने भएपछि शनिबार गाउँलेहरू जुटेर बाटो निर्माण गरेका हुन् ।
गाउँबाट आएका तीस जनाको समूहले पैदल हिँड्न मिल्ने गरी बाटो तयार गरेका वडा सदस्य दिनेश गुरुङले बताउनुभयो ।
अव वर्षात हुँदैन होला भनेर बाटो निर्माण गरेका हौँ । गाडी आउने अवस्था छैन, बाढीले पूरा सडक भत्काएको छ । तलबाट मेसिन आएपछि मोटरबाटो निर्माण गर्ने गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्