तपाईँ सुन्दै हुनुहुन्छः

गाजाबाट अस्ट्रेलिया आएका  आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’ : उपप्रधानमन्त्री

क्यानबेरा ।अष्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धको लागि सरकारले गरेको आह्वान अपमानजनक रहेको बताउनुभएको छ ।  

उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले विपक्षी नेता पिटर डटनको गाजाबाट आएका आप्रवासीलाई भिसा प्रतिबन्धको दबाबले अस्ट्रेलियामा तनाव बढाउन सक्ने शुक्रबार बताउनुभएको हो । 

डटनले राष्ट्रिय सुरक्षाको खतरालाई मध्यनजर गर्दै गाजाबाट भागेका प्यालेस्टिनीका लागि भिसा अस्वीकार गर्न सरकारलाई आह्वान गर्नुभएको थियो ।  

उहाँको टिप्पणीलाई लेबर पार्टी, ग्रिन र इस्लामिक समूहहरूले  भेदभावपूर्ण र जातिवादीको रूपमा निन्दा गरेका छन् ।

उहाँले संसदमा भएको एक घटनाको प्रसङ्गलाई जोड्दै घटनाले विपक्षी नेताको अपमान भएको मार्लेसले अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोसँगको कुराकानीमा भन्नुभएको हो ।  

यसअघि नै बर्गेसले अस्ट्रेलियामा प्यालेस्टिनीलाई प्रवेश गर्नबाट रोक्न आवश्यक नभएको उल्लेख  गर्नुभएको थियो । 

गृह मन्त्रालयले बुधवार जारी गरेको तथ्याङ्कले गत अक्टोबरको आक्रमणपछि प्यालेस्टिनीलाई दुई हजार ९२२ भिसा प्रदान गरेको सात हजार १११ आवेदन अस्वीकार गरेको जनाएको छ । सोही अवधिमा आठ हजार ७४६ इजरायली नागरिकलाई भिसा प्रदान गरिएको तथा २३५  आवेदन अस्वीकार गरेको देखाइएको छ ।  

 रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button