तपाईँ सुन्दै हुनुहुन्छः

डोटी दुर्घटना अपडेट: १७ जना घाइते (विवरण सहित)

डाेटी । डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर-४ समूहगाडमा आज ( शुक्रबार ) बस दुर्घटना हुँदा १७ जना घाइते  भएका छन् । 

धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना पा ख ४४५१ नम्बरको बस बिहान करिब ५ बजे दुर्घटना हुँदा चालकसहित १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार घाइते हुनेहरूमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका -२ रिठा बस्ने वर्ष २३ की सविता देउवा, डोटी दिपायल सिलगढी नगरपालिका -६ थाप्ला बस्ने वर्ष २९ का भोज राज धामी, सोही नगरपालिका ०१ तिखा बस्ने वर्ष ४० की डम्मकी देवी खड्का, वडा न-४ राजपुर बस्ने वर्ष ३८ का दिल बहादुर नेपाली, वडा न-६ बस्ने वर्ष २९ का भेशराज धामी, डाेटी सायल गाउँपालिका-४ गौरी गाउँ बस्ने वर्ष ८२ का तेज बहादुर सिंह, सोही गाउँपालिका वडा नम्बर -४ डौड बस्ने वर्ष ६५ का हर्क बहादुर सिंह, वर्ष ५६ का लाल बिरे भुल, वडा न-२ बस्ने वर्ष ४० का दल बहादुर बयाडी घाइते भएका छन् । 

त्यस्तै घाइते हुनेमा आदर्श गाउँपालिका -४ बस्ने वर्ष ३० का कृष्ण विष्ट, सोही ठाउँका वर्ष ३८ का सन्तोष बोहरा, सोही गाउँपालिका -१ का वर्ष २३ का प्रकाश खड्का, शिखर नगरपालिका -१० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ का गाडी चालक भरत रावत, के.आई.सिंह गाउँपालिका -२ डुम्राकोट बस्ने वर्ष ४२ का बस साहु कमल विक्रम शाही, पुर्वीचौकी गाउँपालिका-७ टिमुर दह बस्ने वर्ष २१ का हिक्मत वि.क., बोगटान फुड्सिल गाउँपालिका -६ पलाडी बस्ने वर्ष ३५ का देव बहादुर बोगटी घाइते भएका प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनु भएको छ ।

त्यस्तै घरमाथि  सुतिरहेको बेला बस खस्दा स्थानीय ५० वर्षीय सरू नेगी घाइते भएकी छन् । घाइते घात्रुहरूकाे दिपायल सुजङ अस्पतालमा उपचार भैरहेकाे छ । बस सडकबाट ३५ मिटर खसेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनुभयो ।

 गम्भीर घाइतेहरूलाई धनगढी तर्फ रेफर गर्ने तयारL भैरहेकाे डाेटी प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button