तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर मृत्यु

सुर्खेत ।  जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  

जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षीय तेजबहादुर रोकायको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button