‘रेडियो कृषि कार्यक्रम’ प्रसारण गर्नेसम्बन्धी सम्झौता
काठमाडौँ । रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबिच रेडियो नेपालबाट ‘रेडियो कृषि कार्यक्रम’ प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार विगत २०२२ सालदेखि निरन्तर प्रसारण हुँदै आएको कृषि कार्यक्रम रेडियो नेपालबाट अपराह्न ६:४० देखि ६:५५ सम्म र दिउसो १:०५ देखि १:२० सम्म पुनः प्रसारण हुनेछ।

सम्झौता पत्रमा आज रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्री र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेलले हस्ताक्षर गर्नुभयो।










प्रतिक्रिया राख्नुहोस्