नयराज पन्त शोध सम्मान
काठमाडौँ। मूर्धन्य इतिहासविद् एवं प्रज्ञा पुरुष स्वर्गीय नयराज पन्तको ११२ औ जन्म जयन्तीका अवसरमा विभिन्न ७ जना व्यक्तिलाई नयराज पन्त शोध सम्मान प्रदान गरिएको छ ।
ज्ञानगुन साहित्य प्रतिष्ठान नयराज पन्त शोध सम्मान कोषले काठमाडौँमा शनिवार आयोजना गरेको कार्यक्रममा संवैधानिक कानुनका ज्ञाता सर्वोच्च अदालतका पूर्व न्यायाधीश ९० वर्षीय टोप बहादुर सिंह, माध्यमिककालिन नेपाली साहित्यका अनुसन्धाता ८६ वर्षीय पुष्कर लोहनी, त्रिभुव विश्वविद्यालय गणित विभाग पूर्वप्रमुख ८४ वर्षीय डा. शंकरराज पन्त, पूर्वीय दर्शन एवं वेदका ज्ञाता ८३ वर्षीय प्रा. डा. ऋषिराम पोखरेल, इतिहास शोधकर्ता डा. राजेश गौतम, इतिहासविद् प्रा. डा. तीर्थप्रसाद मिश्र र गणितज्ञ प्रा.डा. एकारत्न आचार्यलाई शोध सम्मान प्रदान गरिएको हो ।

२०६१ सालबाट प्रदान गर्न शुरु गरिएको शोध सम्मान २०७२ सालको भूकम्पपछि स्थगित भएकोमा २०७२ देखि २०७८ सम्मको शोधसम्म यस वर्ष प्रदान गरिएको कोषका संस्थापक अध्यक्ष शेषराज शिवाकोटीले जानकारी दिनुभयो ।
शोध सम्मान कार्यक्रममा ज्ञानगुनका कुरा, विज्ञानका कुरा र न्याय पत्रिकाको भाग ५० स्वर्ण विशेषाङ्कको इतिहासविद् डा. नयनाथ पौडेल, सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश बस्ती, इतिहासविद् प्राध्यापक दिनेशराज पन्त लगायतले संयुक्तरुपमा लोकार्पण गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्