एपिएफ विजयी
काठमाडौँ । नेपाल एपिएफ क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । आजको जितसँगै एपिएफले आठ खेलमा १० अङ्क जोडेको छ । पराजित चर्च ब्वाइजको समान खेलबाट १३ अङ्क छ ।
एपिएफको जितमा अमन मोक्तान र पवन पाख्रिनले समान एक/एक गोल गरे भने चर्च ब्वाइजका लागि भने शिशिर यस्मालीले एक गोल फर्काए ।
खेलको २१औँ मिनेटमा अमनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । त्यस्तै खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका शिशिरले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ९०औँ मिनेटमा पवनले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई जित दिलाए ।








प्रतिक्रिया राख्नुहोस्