तपाईँ सुन्दै हुनुहुन्छः

नाग पूजा गरेर मनाइयो नागपञ्चमी

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइएको छ । आज बिहानै गुरु पूरोहीतहरुले यजमानका घरघरमा पुगेर मूलद्वारामा नागको प्रतिमा अङ्कित तस्वीर टाँसेर पूजाअर्चना गरेका छन् । 

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नागपञ्चमीका अवसरमा आज काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button