तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत विराटनगर, धनकुटाद्वारा ८३ प्रतिशत मुद्दा फर्छ्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८०/०८१ मा ३ सय ७९ थान मुद्दा फर्छ्यौट गरेको छ ।

अदालतले सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर २०८० साउनदेखि २०८१ असारसम्ममा ४ सय ५२ थान मुद्दा मध्ये ३ सय ७९ थान फर्छ्यौट गरेको जनाएको हो । अदालतमा जिम्मेवारी सरेको १ सय ३२ र नयाँ दर्ता ३ सय २० गरि ४ सय ५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतका रजिस्टार राजकुमार दाहालले जानकारी दिनुभयो । उहाँले एक वर्षभन्दा पुराना मुद्दा सङ्खुवासभा जिल्ला अदालत र उच्च अदालत विराटनगर धनकुटा इजलासमा नरहेको र दुई वर्ष कटेका मुद्दा उच्च अदालत विराटनगर धनकुटा इजलास मातहत कुनै अदालतमा नरहेको जानकारी दिनुभयो ।

यता उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य रूपमा मुद्दा फर्छ्यौट गरेका छन् । जसअनुसार धनकुटा जिल्ला अदालतले ७६ दशमलव ४६, तेह्रथुम जिल्ला अदालतले ६८ दशमलव १६, भोजपुर जिल्ला अदालतले ७९ दशमलव ४४ र सङ्खुवासभा जिल्ला अदालतले ७६ दशमलव ८१ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button