तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समिति बैठक: बालबालिका सम्बन्धी ऐन बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले बालबालिकासहितको सहभागितामा बालबालिका सम्बन्धी ऐन बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरुले बालबालिकाको विकास र संरक्षणमा स्थानीय तहहरुले आफै नीति निर्माण गरेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

सांसदहरुले संविधानले प्रत्येक बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतको हकलाई सुनिश्चित गरेको भए पनि अझै बालबालिका विद्यालयबाहिर हुनु, बालबालिका देखिनु र बालश्रमिकहरु श्रम गरिरहेको अवस्थामा पाइनुले बालबालिका सम्बन्धी नीति बनाउँदा बालबालिकालाई समेत सहभागिता गराइनुपर्नेमा जोड दिनुभयो । 

 समितिको आजको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि सामान्य छलफल भएको छ । 

समितिका सभापति जयन्तीदेवी राईले विचाराधीन मिडिया काउन्सिल विधेयकमाथि सरकारसँग समन्वय गरेर छलफल अघि बढाइने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button