तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री ओली मङ्गलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमालसहित सरकारी टोली लिएर फास्ट ट्रयाकको निरीक्षणमा जानुभएको हो । फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्र्याकमा भइरहेको ढिलाइ र कामलाई तीव्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button